Monday, May 10, 2010

स्याउ बोटमा लागेको फल देखेर किसान हषिर्त

स्याउ खेती गरेका मुस्ताङका किसान यो पटक स्याउका बोटमा लागेको फल देखेर खुसीले दङ्ग भएका छन् । कृषकहरूका अनुसार यसपाली स्याउका बोटमा एक दशक यता सबैभन्दा बढी फल लागेको छ ।

मुख्य पेशाका रुपमा स्याउ खेती गरेका टुकुचेका कृषकर् इन्द्रबहादुर तुलाचनले यस दशककै सबैभन्दा धेरै फल लागेको बताउनुभयो । ५ सय हेक्टर जमिनमा स्याउ खेती भएको मुस्ताङ जिल्लामा गत वर्षकरिब २ हजार मेटि्रक्टन स्याउ उत्पादन भएको जिल्ला कृषी विकास कार्यालयले जनाएको छ ।

यस वर्षगत वर्षो तुलनामा स्याउ उत्पादनमा ५० प्रतिशतले वृद्धी हुने अनुमान गरिएको जिल्ला कृषी विकास कार्यालयका प्रमुख मेघनाथ तिमिल्सिनाले बताउनुभयो ।  कार्यालयका अनुसार गत वर्षफल लाग्ने समयमा परेको असिना र जिजिनामथ किराको प्रकोपका कारण स्याउ उत्पादन घटेको थियो ।

यस वर्षअनुकुल मौसम र रोगकिराको कम समस्या देखिएकाले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको हो । जोमसोम र मार्फाका केही बगैचामा भने न्युन मात्रामा फल लागेको बताइयको छ ।

कार्यालयले यस वर्षजिल्लाका विभिन्न ठाउँका स्याउ बगैचाको सरसफाई र स्याउका बोटको उपचार गरेको थियो । मुस्ताङका कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङ गाविसमा स्याउ खेती हुन्छ ।

No comments: