Saturday, May 08, 2010

शनिबार १४८ औ विश्व रेडक्रस दिवस

शनिबार १४८ औ विश्व रेडक्रस दिवस । विश्वभर विविध कार्यक्रमको आयोजना गरि मनाईदै छ ।

विश्व रेडक्रस दिवसको अवसरमा शनिबार म्याग्दी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोर्साईटी, म्याग्दी शाखाको आयोजनामा बिहान अस्पतालमा रहेका ८ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको हो ।

रेडक्रसकर्मीहरूले बिरामीलाई फलफूल वितरण गरेपछि बेनीमा शान्ति र्‍यालीको आयोजना गरेका थिए ।

र्‍यालीपछि रेडक्रसको जिल्ला कार्यालय अगाडी भएको कोणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै शाखाका सभापति मुक्ति रोकाले रेडक्रसकर्मीले सघैं सामाजिक भावनाले समाज सेवालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सुरत केसी / म्याग्दी वैशाख २५ गते

No comments: