Thursday, May 06, 2010

सुधारीएको चुल्हो निर्माण त्रि्र बाख्रापालनका लागि आर्थिक सहयोग

म्याग्दीको बरङ्जा गाविस मा स्थानीय सामुदायीक वनहरूको अगुवाईमा सुधारीएको चुल्हो निर्माण कार्य त्रि्र पारीएको छ ।

गैरसरकारी संस्था हिमवन्तीको प्राविधिक सहयोगमा गाविसका सबै घरमा चुल्हो निर्माण गर्न थालीएको हो । ४ नम्बर वडामा रहेको आलडाँडा सामुदायीक वन समुहको अगुवाईमा ६३ वटा घरमा सुधारीएको चुल्हो निर्माण भइसकेको जनाइयको छ ।

सो संस्थाले चुल्हो निर्माण गर्न प्राविधिकलाई तालीम प्रदान गरेको थियो । संस्थाले चुल्हो निर्माण गर्ने परिवारलाई २ सय ५० रुपैयाका दरले आर्थिक सहयोग गर्ने गरेको सिकर्मी दण्डपानि सापकोटाले बताउनुभयो ।

दाउराको बचत भई वातावरण संरक्षणमा सहयोग पुग्ने भएकाले स्थानीयबासी सुधारीएको चुल्हो निर्माण गर्न आकषर्ीत भएका अर्का सिकर्मी  इन्द्रदत्त सप कोटाले बताउनुभएको छ ।

त्यसै गरी म्याग्दीको बरङ्जा ४ का २५ घरपरिवारलाई गैरसरकारी संस्था हिमवन्तीले बाख्रापालनका लागि आर्थिक सहयोग गरेको छ ।

आलडाँडा सामुदायीक वनका १५ घरपरिवार उपभोक्तालाई ५/५ हजार रुपैयाका दरले आर्थिक सहयोग उपलब्ध गर्राईएको संस्थाका परिचालक सोम किसानले बताउनुभयो ।

त्यसैगरी १० घरपरिवारलाई ३/३ हजार रुपैयाका दरले आर्थिक सहयोग गरिएको छ । सामुदायीक वन समुहले उनिहरूलाई प्रतिव्यक्ती थप २ सयका दरले पनि सहयोग गरेको छ ।

No comments: