Sunday, May 23, 2010

हिमाली बैद्यको पेशा संकटमा

आर्युवेदिक चिकित्सा पद्यतीमा आधारित मुस्ताङी वैद्यहरुको पेसा संकटमा पर्दै जान थालेको छ ।

स्थानिय स्तरमा पाईने जडिबुटी प्रसोधन गरेर औषधी उत्पादन गर्दै आएका हिमाली बैद्यहरू अहिले जडिवुटी अभाव र प्रविधिको विकास हुन नसक्दा  उनीहरुको  पेशा संकटमा परेको हो ।

स्थानीय भाषमा आम्ची भनिने हिमाली वैद्यहरु मुस्ताङका लोमान्थाङ, छोसेर, छोन्हुप छुसाङ लगाएतका गाविसहरुमा रहेर आर्युवेदिक चिकित्सा पद्यतीद्दारा विरामीहरुको उपचार गर्ने गर्दथे ।
हिमाली क्षेत्रमा पाईने जडिवुटीबाट निर्मीत औषधीले बजार र उचित मूल्य पाउन छाडेपछि पेशा संकटमा परेको बैद्यहरूले बताएका छन् । हिमाली बैद्यहरूको पेशा संकटमा परेपछि जडिवुटीको पहिचान र उपभोगमा समेत समस्या देखिन थालेको छ ।

मुस्ताङमा केही बर्षघिसम्म २८ जना बैद्यहरू रहेकामा अहिले १२ जनामात्र छन् । यस पेशालाई आधुनिक बनाउन सरकारले सहयोग नगरेको बैद्यहरूको गुनासो छ । पहिलेपहिले  बिरामीको भिड हुने वैद्य उपचार केन्द्रहरु  अहिले सुनसान छन्  जोमसोमकी विष्णु शेरचनले वताउनुभयो  ।

१३ औ शताब्दीदेखि बैद्यपेशा चल्दै आएको वैद्यहरुको भनाई छ । पहिले पहिले बैद्यहरूले निशुल्क उपचार गर्ने गरेका थिए ।  मुस्ताङका बैद्यहरूले छ सय थरीका औषधी जडिवुटीबाट बनाउने गरेका थिए ।

No comments: