Wednesday, May 05, 2010

चौथो दिन पनि जनजिवन प्रभावित आन्दोलन कडा

आईतबारदेखि देशब्यापी आमहडतालको आव्हान गरेको एकिकृत नेकपा माओवादीले चौथो दिन आन्दोलनको स्वरुप कडा पारेको छ

आमहडतालका कारण चौथो दिन बुधबार पनि म्याग्दी, बागलुङ र पर्वतमा पसल, ब्यापार ब्यवसाय, शैक्षिक संस्था, यातायात लगायत क्षेत्र ठप्प बनेको छ । । शान्ति र संविधानका लागि वर्तमान सरकारले राजिनामा दिई आफ्नो नेतृत्वको राष्ट्रिय सरकारको माग गर्दै एकिकृत नेकपा माओवादीले आव्हान गरेको अनिश्चितकालीन देशब्यापी आमहडतालका कारण जनजिवन प्रभावित बनेको छ ।

बुधबार म्याग्दीका माओवादी कार्यकर्ताहरूले तरकारी र दूघ पसलहरू पनि बन्द गराएका छन् । मंगलबारसम्म तरकारी, फलफूल र दूध पसलमा कुनै अवरोध भएको थिएन् । औषधी पसल बाहेक अरु सवै ब्यवसाय ठप्प भएका छन् ।

बिहानैदेखि माओवादी कार्यकर्ताहरूले बजार बन्द गराउँदै हिँडेका थिए । यसैबिच आमहडतालका कारण बजारमा तरकारीको अभाव भएको छ । जिल्लाका कृषकले खडेरीका कारण तरकारी आपर्ुर्ती गर्न सकेका छैनन् ।

चितवन, धादीङ, पर्वत, कास्की लगायत जिल्लाबाट तरकारी आयात हुन छाडेको छ । तरकारी ब्यवसायीहरूका अनुसार बजारमा गोलभेडा, काउली, आलु, साग, धनीया लगायत तरकारीको अभाव भएको हो ।

  उता हिमालापारीको जिल्ला मुस्ताङ्गमा भने बन्दको प्रभाव परेको छैन् । माओवादी र र्सवसाधारणहरु विच भएको छलफल पछि मुस्ताङमा बन्द नगर्ने सहमती भएको हो । सवारी साधन सञ्चालन र जिल्ला भरका विद्यालयमा पठनपाठन सुचारु भएको छ । पर्यटकीय जिल्ला मुस्ताङ्गलाई कुनै पनि राजनैतिक स्वार्थको लागि बन्द गर्न नहुने स्थानीयबासीले माग गरेका थिय । र्सवपक्षिय छलफलमा मुस्ताङलाई बन्द मुक्त र शान्ति क्षेत्र बनाउने विषयमा पनि छलफल भएको थियो ।

२०६७ बैशाख २२ गते दिउँसो १२.ं१५ बजे                          सन्तोष गौतम  प्रजु गुरुङ्ग

No comments: