Monday, May 10, 2010

खानेपानी समस्याका कारण पठनपाठन प्रभावित

खानेपानी समस्याका कारण म्याग्दीको बरङ्जा गाविस ३ खर्क स्थित जनप्रिय निमाविको पठनपाठन प्रभावित भएको छ ।

विद्यालय नजिकै रहेको कुवामा पानी सुक्न थालेपछि विद्यार्थीहरू पानीको तिर्खा मेटाउन घण्टौ पालो बस्न बाध्य बनेका छन् । पानीको मात्रा घट्दै गएको कुवामा स्थानीयबासी र विद्यार्थीको भिड लाग्ने गरेको स्थानियबासी कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत एक सय ८६ जना विद्यार्थी र स्थानीयबासी कुवाको पानी पालो लगाएर उपभोग गर्छन् । २०४५ सालमा स्थापना भएको सो विद्यालयमा हालसम्म खानेपानीको सुविधा छैन् ।

"प्यास मेटाउन कुवामा जानर्ुपर्छ, त्यसमा पनी पालो पर्खनु पर्ने भएकाले पर्ढाई छुट्ने समस्या छ" कक्षा ६ मा अध्ययनरत भविता नेपालीले भन्नुभयो "कहिले काहिँ त दिनभर प्यास मेटाउन पाईन्न ।"

विद्यालयका पर्ुव विद्यार्थी मिलन रोका का अनुसार खानेपानी सुविधा नहुँदा खर्क, आरगुल, पिङ्गे र हाँसेडाँडाका १ सय घरपरिवारले पनि सोही कुवाको पानी उपभोग गर्छन् । स्थानीयबासी पिउने र सरसफाई गर्ने पानीका लागि सोही कुवामा निर्भर छन् ।

२०५० सालमा स्थापना गरिएको उक्त कुवामा केही वर्षता पानीको मात्रा घट्दै गएपनि बैकल्पीक व्यवस्थाको खोजी गर्न नसकिँदा समस्या परेको स्थानीय ललिन्द्रबहादुर खड्काको भनाई छ ।

आरकुटी खोलाबाट पानी ल्याउन पाईप जडान गरिएको भएपनि खोलामै पानी सुकेपछि पानीको समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगविर रोकाले बताउनुभयो । पाईपबाट पानी ल्याउन सकिएमा विद्यार्थीलाई मात्र नभएर स्थानीयबासीलाई पनि राहत मिल्ने विद्यालयका प्र.अ यामप्रसाद र्घर्तीमगरले बताउनुभयो ।

No comments: