Saturday, May 08, 2010

पुरै गाउँको आयस्रोत सुन्तला र केराखेती

म्याग्दीको बिम गाविस ३ नरालेका बासिन्दाहरूले सुन्तला र केरा खेतीलाई आफ्नो मुख्य आयस्रोतको माध्यम बनाएका छन् ।

  पाँच बर्षघि सम्मको खरबारीलाई नरालेबासीले सुन्तला र केराको बगैचामा परिणत गरेका छन् । उपभोग हुन नसकेको जमिनमा गरिएको सुन्तला र केराखेती हिजोआज स्थानिय बासिन्दाहरूको मुख्य आयस्रोत बनेको हो ।

नरालेका २० घरपरिवारले सुन्तला र केरा खेती गरेर आम्दानी गरिरहेका अगुवा कृषक समलाल जुक्जालीले बताउनुभयो । अहिले स्थानियवासीहरू गाउँ जमिन बाँझो नराख्ने अभियानमा जुटेका छन् । पाखाबारीमा मात्र नभएर कान्ला, खोल्सा, खाल्सी सबै ठाउँमा केरा र सुन्तला खेती गरिएको छ ।

एक जना कृषकले ५० देखि ५ सय बोट सम्म सुन्ताला खेती गरेका छन् । सुन्तला र केराबाट बाषिर्क १ लाख देखि २ लाख सम्म आम्दानी हुने गरेको जुक्जालीले बताउनुभयो । नरालेको उत्पादन दरबाङ र बेनीमा खपत हुने गरेको छ ।


No comments: