Tuesday, May 11, 2010

एक वर्षा तीन हजार किलो चिज निर्यात

शिख गाविसको पाउद्धारमा रहेको खयरबाराही डेरी उद्योगबाट एक वर्षा तीन हजार किलोग्राम चिज निर्यात हुने गरेको छ ।

उद्योगबाट मासिक २ सय ५० किलोग्राम चिज निर्यात हुने गरेको उद्योगका कर्मचारी बुद्ध्रि्रसाद पाइजाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकिलोग्राम रु.३६०का दरले चिज बिक्री हुनेगरेको छ ।

'चिजलाई बजारको समस्या छैन्' पाइजाले भन्नुभयो- 'घोरेपानी, भुरुङ तातोपानी, बेनी, जोमसोम, घार, शिख र कास्कीको धम्पुसलगायत पर्यटकीयस्थलमा चिज निर्यात हुनेगरेको छ ।' होटल व्यवसायीहरू उन्नत जर्सर्ीीाईको दूधबाट उत्पादित चिज खरिद गर्न उद्योगमै पुग्ने गरेका छन् ।

सो उद्योगले चिज बिक्री गरेर भएको आम्दानी स्थानीय पाउद्धार माध्यमिक विद्यालयलाई उपलब्ध गराउँदै आएको छ । विगत सातवर्षेखि चिज उद्योगको आम्दानी विद्यालयको शैक्षिक र भौतिक पर्ूवाधारमा लगानी हुनेगरेको उद्योगका अध्यक्ष रुद्रबहादुर मगरले जानकारी दिनुभयो ।

म्यागासेसे विजेता महावीरपुनको प्रेरणाले धौलागिरि अञ्चलमै पहिलोपटक व्यावसायिक चिज उद्योगबाट विद्यालय सञ्चालन गरिएको विद्यालयकी प्रधानाध्यापक थममाया पुनले बताउनुभयो । चिज उद्योग सञ्चालन भएपछि पाउद्धारवासीको आयस्रोत पनि बढेको छ । गाउँका करिब ५० कृषकले गाईपालन गरेका छन् । गाईको दूूध बिक्री गरेर मासिक रु. चार-पाँच हजारसम्म कमाइ गर्नेगरेको स्थानीय कृषक आसबहादुर तिलीजाले बताउनुभयो ।

उद्योगका कर्मचारीका अनुसार कृषकले दूध बिक्री गरेर मासिक रु. १० हजारसम्म आम्दानी गर्नेगरेका छन् । जिल्ला पशुसेवा कार्यालय, म्याग्दीको सहयोग पाएपछि सङ्कटमा परेको चिज उत्पादन गर्ने डेरी उद्योग दर्ुइ वर्षेखि नाफामा सञ्चालन हुन थालेको खयरबराही गाईपालक समूहका अध्यक्ष भीमबहादुर तिलीजाले बताउनुभयो ।

२०६७ बैशाख २८ गते दिउँसो १२.१५ बजे                 सन्तोष गौतम

No comments: