Sunday, May 23, 2010

कुलो मर्मत नहुँदा समस्या

म्याग्दीको रत्नेचौर गाविस अर्जममा कुलो मर्मत नहुँदा कृषकहरु सिंचाई सुविधावाट वञ्चित भएका छन् ।
अर्जम सीमलचौर भन्ने ठाउँको कुलो मर्मत नहुदा मुहानवाट ल्याइएको पानी कुलो मै चुहेर खेतसम्म पुग्न नसकेपछि १ सय ५० भन्दा बढि  कृषकहरुलाई समस्या परेको अर्जमवाट निरज थापाले जानकारी दिनुभयो ।

थापाले दिएको जानकारी अनुसार स्थानीय ठुलोखोलावाट पानी ल्याई सिंचाई गरिरहेका त्यहाँका कृषकहरु कुलो चुहिन थालेपछि मर्मत गर्न नसक्दा चिन्तित वनेका हुन् ।

कुलो मर्मतका लागि स्थानीय वासिन्दाहरुले सम्वन्धित निकायसंग माग गरेका छन् ।

No comments: