Sunday, May 16, 2010

की संबिधान बनाउ नत्र भत्ता फिर्ता लेउ

सँविधान निर्माण गर्न सपथ खाएर गएका सभाषद्हरुले समयसिमाभित्र नयाँ सँविधान जारी गर्न नसके उनीहरुले उपभोग गरेका सेवा सुविधा र भत्ता जनतालाई नै फिर्ता दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

  सँविधानसभामा रहेका ६ सय १ सभाषद्ले आफ्नो जिम्मेवारी पुरा गर्न नसके जनताको करबाट लिएका भत्ता भ्रष्टाचार सरह हुने सहभागीहरुको आरोप थियो । युएनडिपीको सहयोगमा गा्रमिण सामुदायिक विकास मञ्च म्याग्दीले शनिबार वेनीमा आयोजना गरेको नयाँ सँविधानमा समेटिनुपर्ने विषय नामक लोकतान्त्रिक सँवाद कार्यक्रमका सहभागीहरुले सभाषद्हरु जनता भन्दा पार्टर्ीी्रति समर्पित रहेकाले सँविधान निर्माणको कुनै सँकेट नदेखिएको बताका थिय ।

कार्यक्रममा नेपाली काँग्रेसका सहसभापति नेत्र महतले प्रदेशबिभाजनमा सहमति हुन नसकेको भन्दै सँघीय राज्य जातिय आधारमा हुन नहुनेमा जोड दिनुभएको थियो । नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य रुद्र किसानले देशमा विद्यमान सम्पर्ुण्ा विमतिहरुलाई सँवादको माध्यमबाट हल गर्नुपर्ने बताउनुभएको थियो ।

त्यस्तै,नेकपा एकिकृतका जिल्ला इन्जार्च शिवकमार श्रेष्ठले विगतमा पनि सभाषद् मार्फत सँग गाउँ-गाउँमा सुझाव सँकलन गरिएको भएपनि त्यो कुनै एक कुनामा फ्याकीयको बताउदै दलका नेताहरुले ससदलाइ बन्धक बनायको आरोप mगाउनु भयको थियो । राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवि विश्वकर्माले अहीलेकै अबस्थामा सँघियता कुनै हालतमा स्वीकार्य गर्न नसकिने बताउनुभएको थियो ।

कार्यक्रममा, तरुणदल नगर कमिटीका अध्यक्ष रमेश श्रेष्ठ, युवा सँघ नेपाल म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले नयाँ सँविधान मार्फत युवा मन्त्रालयको व्यवस्था गरीनुपर्ने बताउनुभएको थियो । त्यस्तै, सहभागीहरुले शिक्षा, स्वास्थ्य र यातायातलाई मौलिक हकको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम गा्रमिण सामुदायिक विकास मञ्च म्याग्दीकी अध्यक्ष यामकुमारी केसीको सभापतित्व सचिव धनवहादुर छन्त्यालको सँचालनमा सम्पन्न भयको थियो ।

No comments: