Tuesday, May 25, 2010

रोजगारीको प्रलोभनमा परेर काठमाडौ गएकी भगवती १२ दिनदेखि बेखबर

रोजगारको प्रलोभनमा परेर काठमाडौ गएकी म्याग्दीकी एक जना महिला १२ दिनदेखि बेखबर भएकी छन् ।

पिप्ले गाविस ७ गोरमाला गाउँकी २७ वषिर्या भगवती सार्की गत बैशाख १२ गते रोजगारीको प्रलोभनमा परेर काठमाडौ गएकी थिईन् । जिल्ला स्थित दलीत सम्बद्ध संघ संस्थाहरूले सार्कीको खोजी गरिदिन अनुरोध छन् ।

दलित सम्बद्ध संस्था संस्था र अधिकारकर्मीहरूले मंगलबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरि सार्कीलाई प्रलोभनमा पारेर काठमाडौ पठाउने बेनीका के एस पौललाई कारबाहीको माग पनि गरेका छन् ।

संयुक्त दलित अधिकार संरक्षण मञ्च, धवलागिरि उत्पीडित उत्थान केन्द्र, नेपाल राष्ट्रिय दलित समाज, मिजार सेवा समाज, दलित विद्यार्थी एकता मञ्च, नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन, सुनचाँदी कालीगढ संघ, परियार सेवा समाज लगायत संघ संस्थाले सो माग गरेका हुन् ।

त्यसैगरी दलित उत्प्रेरण समाज, जिल्ला जनवकालत सञ्जाल, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल उत्पीडित जातीय मुक्ति समाज, जातीय एकता समाज, उपेक्षीत उत्पीडित दलितवर्ग उत्थान जिल्ला समन्वय समिति र दलित अधिकारकर्मी सृजना बर्राईलीले पनि वेपत्ता सार्कीको तत्काल खोजी गर्न माग गर्नुभएको छ ।

विज्ञप्तिका अनुसार पौलले काठमाडौमा तारा र अनील बिकको सर्म्पर्कमा पठाएका सार्की कलंकीबाट वेपत्ता बनेकी हुन् । मोटरर्साईकलमा सार्कीलाई लिन कलङ्की आउने भनिएका अनील समयमै सम्बन्धित ठाउँमा नपुगेपछि उनी वेपत्ता हुनुको घटना रहस्यमय भएको आफन्त र दलित अधिकारकर्मीहरूको आरोप छ ।

७ र ५ वर्षा दर्ुइ जना छोराकी आमा सार्की काठमाडौ पठाउने पौललाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरि आईतबार रिहा गरेको थियो । एक महीनाभित्र सार्कीको खोजी गर्ने सहमतीमा पौल रिहा भएका थिए ।

दलित सम्बद्ध संघ संस्था र दलित अधिकारकर्मीहरूले मान्छे वेपत्ता पार्ने व्यक्तीलाई सामान्य सहमतीमा छाडेको भन्दै आपत्ती पनि जनाएका छन् । सार्कीका परिवारले आर्थिक अभावमा वेपत्ताको खोजी गर्न नसकेको गुनासो गरेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा संयुक्त अलित अधिकार संरक्षण मञ्च म्याग्दीका अध्यक्ष टेकबहादुर विश्वकर्माले एक हप्ताभित्र सार्कीको अवस्था र्सार्वजनीक नभए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । सो कार्यक्रमको सञ्चालन नेपाल दलित उत्पिडीत जातीय मुक्ति समाज, म्याग्दीकार् इञ्चार्ज रुद्र किसानले गर्नुभएको थियो ।

No comments: