Sunday, May 16, 2010

काफल बेचेर पर्ढाई खर्च

म्याग्दीको बरङ्जाका बालबालीकाले बनको काफल संकलन गरि बिक्री गरेर भएको आम्दानीबाट पर्ढाईखर्च जुटाउने गरेका छन् ।

हिजोआज घर नजिकैको जंगलमा फर्ुसदको समयमा काफल टिपेर बिक्री गर्न स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत खरीमाया कडेललाई भ्याई नभ्याई भएको छ ।
काफल बेचेर दैनिक ४ देखि ५ सय सम्म आम्दानी गर्ने कडेललाई सो आम्दानी कापी, किताब र शैक्षिक सामाग्री खदिर गर्न सहयोगी बनेको हो ।

त्यसैगरी सोही गाउँका अर्जुन रोकाले पनि पर्ढाई खर्च जुटाउन काफल टिप्ोर बिक्री गर्ने गरेका छन् । कडेल र रोका जस्तै बरंजाको झाक्रीपानी, भित्रिबन जस्ता जंङ्गलमा बिहान बेलुकी र बिदाको दिन काफल टिप्ने विद्यार्थीहरू धैरै छन् ।

विद्यार्थीहरूले आरभाङ, खर्क, दह लगायत गाउँ र महेन्द्ररत्न उच्च माविमा काफल बिक्री गर्ने गरेका स्थानीय शिक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

No comments: