Monday, May 24, 2010

सडकले पदमार्गमा पारेको प्रभावबारे अध्ययन

विश्वको दश उत्कृष्ट पदमार्ग अर्न्तगत पर्ने अन्नपर्ूण्ा पदमार्गमा सडकको विकासले पारेको प्रभावबारे अध्ययन गर्न पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधी र पर्यटन विटमा समाचार लेख्दै आएका पत्रकारहरूले स्थलगत भ्रमण गरेका छन् ।
अन्नपर्ूण्ा क्षेत्र संरक्षण आयोजना -एक्याप)को आयोजनामा विभिन्न सञ्चार माध्यम सम्वद्ध सञ्चारकर्मीको टोलीले लमजुङको बेसीसहर देखि जोमसोमसम्म ८ दिने पदयात्रा सम्पन्न गरेको हो ।
भ्रमण टोलीले बेसीसहर चामे पदमार्ग  र बेनी जोमसोम पदमार्ग सडकमा परिवर्तन भएपछि पुराना पर्यटकीय स्थलहरू ओझेलमा परेका, प्राकृतीक स्वरुपमा हृास आएको र पर्यटकले बैकल्पीक पदमार्ग को खोजी गर्न अनुरोध गरेका जनाएको छ ।
पदयात्राका क्रममा वैकल्पीक पदमार्गको सम्भाव्ानाबारे स्थानीय पर्यटन व्यवसायी र सरोकारवालासंग छलफल गरीएको एक्याप जोमसोमका प्रमुख पासर बिक्रम साहले जानकारी दिनुभयो ।
साहका अनुसार बेनी जोमसोम सडक सञ्चालनमा आएपछि आर्थिक वर्ष२०६४/०६५ को तुलनामा आ.व. २०६५/०६६ मा भारतीय पर्यटक १ सय ८९ प्रतिशतले वृद्धि भए पनि तेस्रो मुलुकका पर्यटकको आगमन भने वाषिर्क पाँच प्रतिशतले ह्रास आएको छ ।
उपल्लो मुस्ताङका बासिन्दाले मोटरबाटो बनाउँदा पर्यटन पदमार्गलाई असर नपुग्ने गरी काम गर्न अनुरोध गरेका टोलीमा सहभागी नेपाल टेलिभिजनका त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

No comments: