Monday, May 17, 2010

घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

जिल्ला का  फरक क्षमता भएका नागरीकलाई परिचयपत्र वितरण गर्न अभियान सञ्चालन गरिएको छ ।

महिला विकास कार्यालय, म्याग्दीका अनुसार सहज रुपमा अपाङ्गता परिचयपत्र उपलब्ध गराउन अभियान सञ्चालन गरिएको हो । विभिन्न ठाउँमा शिवीर सञ्चालन गरेर परिचयपत्र वितरण गर्न सुरु गरेको कार्यालयले जनाएको छ ।

आईतबारमात्र भुरुङ तातोपानी गाविसमा २२ जना फरक क्षमता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र वितरण गरीएको निमित्त महिला विकास अधिकृत कल्पना सापकोटाले जानकारी दिनुभयो । मंगलबार दरबाङमा परिचयपत्र वितरण गरिने सापकोटाले बताउनुभएको छ ।

गाउँमै परिचयपत्र पाएपछि फरक क्षमता भएका व्यक्तीहरू हषर्ीत भएका छन् । महिला विकास कार्यालयका अनुसार विगत एक वर्षो अवधिमा जिल्लाका ५ सय जना भन्दाबढीले  अपाङ्गता परिचयपत्र लिएका छन् ।

No comments: