Sunday, May 16, 2010

७ किलोमिटर पदमार्ग सरसफाई

नेपाल पर्यटन वर्षसन २०११ मनाउने तयारी भइरहेका बेला विश्वकै दश उत्कृष्ट पदमार्ग अर्न्तगत पर्ने अन्नपर्ूण्ा पदमार्ग सरसफाई गरिएको छ ।

अन्नपर्ूण्ा क्षेत्र संरक्षण आयोजना-एक्याप)ले राउण्ड अन्नपर्ूण्ा पदमार्ग भित्र पर्ने म्याग्दीका विभिन्न ठाउँमा स्थानीय संघ संस्था र समुदाय परिचालन गरेर पदमार्ग सरसफाई गरेको हो ।

आईतबार कान्छी बाराही युवा क्वल शिखको ब्यवस्थापनमा  ग्रिन फोर्स युवा क्लव, शिख उच्च मावि र मुक्ति मार्ग उच्च मावि घाराको सहभागितामा शिखदेखि घारखोला सम्मको पदमार्ग सरसफाई भएको हो ।

र् पर्यटन वर्षसफल पार्न सहयोग पुर्‍याउने उद्देश्यले पदमार्ग सरसफाई गरीएको गरिएको एक्याप शिखका प्रमुख आनन्द सुवेदीले जानकारी दिनुभएको छ । आईतबार करिब ७ किलोमिटर पदमार्ग सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा सहभागीले पदमार्गमा रहेका पलास्टीक, ड्रम, धातुका टुक्रा आदि नकुहीने सामान व्यवस्थापन गर्नुेका साथै र झाडी हटाउने र भत्कीएका पदमार्ग मर्मत गर्ने गरेका छन् ।

No comments: