Thursday, May 20, 2010

गर्ुजामा माध्यामिक तहको पठनपाठन शुरु

म्याग्दीको गर्ुजामा स्थापीत जनकल्याण माविको बुधबार एक समारोहका बिच उद्घाटन भएको छ ।
छिमेकी लुलाङ गाविसदेखि करिब १० घण्टाको पैदलयात्रापछि पुगिने गर्ुजामा माध्यमिक विद्यालय स्थापना भएपछि विद्यार्थी र अभिभावकहरूमा खुसीयाली छाएको छ ।

हालसम्म मावि तहको शिक्षा आर्जन गर्न ताकम गाविस पुग्ने गरेका गर्ुजामा पहिलो पटक चालु शैक्षिकसत्रदेखि मावि सञ्चालन भएको हो । मावि उद्घाटन कार्यक्रममा स्थानीय सरोकारवालाहरूले सरकारले दर्ुगम क्षेत्रका विद्यालयलाई बेवास्ता गरेका कारण हालसम्म आधारभुत अधिकारको रुपमा रहेको शिक्षाको सहज उपभोग गर्न नपाएको गुनासो गरेका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् समाजसेवी रिद्धबहादुर छन्त्यालले माविको उद्घाटन गर्नुभएको हो । अध्यक्ष छन्त्यालले सम्बन्धित निकायले सहयोग गर्न नसक्दा विद्यालयको भौतिक पर्ुवाधार विकास गर्न  निकै समस्या भएकाले स्थानीयतह सहयोग गर्न स्थानीयबासीलाई अनुरोध गर्नुभयो ।

सो कार्यक्रममा एकिकृत नेकपा माओबादीका बलबहादुर छन्त्याल, नेपाली कांग्रेसका कमल छन्त्याल र नेकपा एमालेका हिमबहादुर छन्त्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको विद्यालयका शिक्षक रुपेश सुवेदीले जानकारी दिनुभएको छ ।

विद्यालयको शैक्षिक विकासका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाले आर्थिक सहयोग पनि गरेका छन् । हिमाली आमा समुह गर्ुजाले रु. १० हजार, नेपाल आदिवासी जनजाति महासघंका केन्द्रिय सदस्य कमल छन्त्यालले रु. ५१ हजार १ सय सहयोग गर्नुभएको छ ।
त्यसैगरी समाजसेवी हिमप्रसाद छन्त्यालले रु. ५० हजार, मोत्रि्रसाद छन्त्यालले रु. ५ हजार ५ सय, भिमप्रसाद छन्त्यालबाट रु. ५ हजार ५ सय, शिक्षक अभिभावक संघका सदस्य फतिर विकले रु. ५ हजार ५ सय, विद्यालयका प्रअ पोष्टबहादुर विकले रु. ५ हजार ५ सय सहयोग गर्नुभएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रिद्धबहादुर छन्त्यालले ४ कोठे भवनका लागि आवस्यक पर्ने करिव रु. २ लाख ५० हजारको जग्गा दान गर्नुभएको विद्यालयका शिक्षक निर्मल बरुवालले बताउनुभयो ।

No comments: