जिल्लाका घतान, पात्लेखेत, झि, पाखापानी, पुलाचौर, कुँहु, चिमखोला, दग्नाम, पिप्ले, भगवती, वेग, दाना, नारच्याङ र ताकम गाउँ विकास समितिका कृषक तथा सामुदायीक वन समुहले ब्यवसायीक टिमुरखेती गरेका हुन् ।
मध्य म्याग्दी टिमुर उत्पादक सञ्जालका अध्यक्ष नारायण बानियाका अनुसार विभिन्न स्थानका ४२ वन समुहमा आवद्ध उपभोक्ताहरूले वन, खेतबारीका कान्ला, खोल्छा र पाखोवारीमा ब्यवसायीक टिमुर खेती गरेका छन् ।
"केही वर्षघिसम्म खेतीबाली संरक्षण गर्न बारका रुपमा लगाईने टिमुरको फल अहिले अर्न्तराष्ट्रिय बजारबाट समते माग हुन थालेको छ" अध्यक्ष बानिया भन्नुहुन्छ "बढ्दो माग संगै टिमुरखेती गर्ने कृषक पनि बढेका छन् ।" सञ्जालका अनुसार जिल्लामा वाषिर्क ४ क्विन्टलको अनुपातमा टिमुर उत्पादन हुन्छ ।
खेतबारीको कान्ला, बार तथा अनकन्टार पाखोमा टिमुर फलाएर सामुदायीक वनका उपभोक्ताहरूले वाषिर्क लाखौं नगद गाउँमा भित्र्याउन सफल भएका घोर्लास सामुदायीक वनक समुह घतानका अध्यक्ष ज्ञानबहादुर विकले बताउनुभयो ।
बेनी, जोमसोम, पोखरा र काठमाडौका होटलमा खपत हुने टिमुर पछिल्लो समय जापान, जर्मनी र france का व्यापारीक केन्द्रहरूबाट माग हुन थालेको सञ्जालका अध्यक्ष बानियाले बताउनुभएको छ ।
रमरम स्वाद हुने र मगमग बास्ना आउने टिमुरलाई बाथरोगको औषधीको रुपमा पनि प्रयोग गरिन्छ । टिमुरलाई जिल्लाको प्रमुख निर्यातयोग्य बस्तुको रुपमा विकास गर्न पहल भइरहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ााले बताउनुभयो ।
No comments:
Post a Comment