Sunday, May 23, 2010

दर्ुइ बालिका बेपत्ता

सदरमुका बेनीदेखी २५ कोष पश्चिम ताकम गाविस-५ का दीपबहादुर विककी ११ बषिर्या छोरी सनु विक र सोही ठाउ“का तीलबहादुर थापाकी १३ बषिर्या छोरी सुस्मीता थापा एक सातादेखी वेपत्ता भएका छन् ।

बेपत्ता बालिका परिवारका अनुसार ०६७ जेठ २ गते विहान घरबाट निक्लेका उनहरु त्यसपछि सर्म्पर्क विहिन छन् । 'सोही दिन दिउँसो गाउँदेखी चार घन्टा तल दरबाङ्ग बजारबाट सदरमुकाम तर्फहिंडेको आफन्तले देखेको भन्ने सम्म जानकारी पाएका छौं । तर सम्झेसममका सवै गाउँका आफन्तहरुको घरमा खोजी गर्‍यौं । फेला पार्न सकेनौं' वेपत्ता छोरी खोज्न सदरमुकाम बेनीमा आएका विकले बताए ।

इलाका प्रहरी कार्यालय दरवाङ्गका अनुसार वेपत्ता बालिका खोज्न माताहतका ताकम, बाबियाचौर, तातोपानी लगाएतका प्रहरी चौकीहरुलाई निर्देशन दिईएको छ ।

वेपत्ता बालिकाहरुको छिमेकीले भने बालिकाहरु रोजगारी खोज्दै सहर पसेको अनुमान गरेका छन् । 'आमा र बाबु दुवैले दोस्रो विवाह गरेपछि अपहेलित भएकी सुस्मिता बेसाहरा झै गाउँमै भौतारिने गरेकीले उनकै साथलागेर विकपनि काम खोज्न सहर पसेका हुनसक्छन' जगतबहादुर थापाले बताए ।

No comments: