Saturday, May 29, 2010

महिलाहरू सिलाई कर्टाई ब्यवसाय गरेर आत्मनिर्भरता तर्फअग्रसर

म्याग्दीका महिलाहरू सिलाई कर्टाई ब्यवसाय गरेर आत्मनिर्भरतातर्फअग्रसर बनेका छन् ।
सदरमुकाम बेनी बजार र आसपासका ज्यामरुककोट, रत्नेचौर, अर्थुङ्गे, राखु पिप्ले, घतान, चुत्रेनी, सिङ्गा लगायतका ठाउँका महिलाहरू सिलाई कर्टाई ब्यवसाय गरेर आजआर्जन गर्न तर्फअग्रसर भएका हुन् ।

यस क्षेत्रका बेरोजगार महिलाहरूका लागि सिलाई कर्टाई ब्यवसाय आयआर्जनको राम्रो माध्यम बनेको छ । न्युन लगानीमा आफू संग भएको सिपको सदुपयोग गर्न सकीने भएकाले यस तर्फबेरोजगार महिलाहरूको आकर्षा बढेको बेनीमा विगत ४ वर्षेखि सिलाई कर्टाई ब्यवसाय गर्दै आउनुभएकी सिता मल्लले बताउनुभयो ।

मेहनत गर्न सकेमा सिलाई कर्टाई ब्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उहाँको भनाई छ । बेनीका सिलाई कर्टाई प्रशिक्षण केन्द्र र यस सम्बन्धि तालीममा पनि महिलाहरूको उल्लेख्य सहभागिता रहेने गरेको छ ।

जिविसको सहयोगमा महिला समन्वय समिति म्याग्दीले आयोजना गरेको ३ महिने सिलाई कर्टाई तालीममा सहभागी चुत्रेनीकी सरिता नेपालीले सिलाई कर्टाई ब्यवसाय सञ्चालन गर्ने योजना गराएको बताउनुभयो ।

तालीममा सहभागी सम्झना पौडेल भन्नुहुन्छ 'सिप सिकेपछि खेर जान्न, सिलाई कर्टाई सम्बन्धि सिप आवश्यक जस्तै भईसकेको छ ।’ गत बैशाख १३ गतेदेखि सञ्चालीत सो तालीममा ४० जना महिलाहरू सहभागी भएका प्रशिक्षक सिता मल्लले जानकारी दिनुभयो ।

No comments: