Monday, May 24, 2010

विश्वप्रसिद्ध व्यक्तिहरूको नाममा होटलका कोठा

धेरै ग्राहकहरूले होटलमा बास बस्नुपरे कोठा नम्बरनै रोज्ने गर्दछन तर म्याग्दीको एक होटलमा बास बस्ने स्वदेशी तथा विदेशी पर्यटकहरूले भने आफुल्ााई मन पर्ने विश्वप्रसिद्ध व्यक्तिहरूको नामको कोठा बस्न पाउँछन् ।

विश्वप्रसिद्ध पदमार्ग अन्नपर्ूण्ा संरक्षण क्षेत्र अर्न्तगतको रमणीय गाउँ घोरेपानीको सन्नी होटलका २१ वटा कोठाहरूलाई विश्वप्रसिद्ध व्यक्तिहरूको नामबाट नामाकरण गरिएकोले पाहुनाहरूले यो अवसर पाएका हुन् । म्याग्दी जिल्लाको पर्यटकीयस्थल पुनहिलको काखमा अवस्थित घोरपानीको सन्नी होटलका कोठाहरूमा कोठा नम्बरको साटो स्वदेश र विदेशका प्रसिद्ध व्यक्तिहरूको नाम राखीएको हो ।

"यस होटलका कोठा नम्बर भनेकै कुनै प्रसिद्ध व्यक्तिहरूको नाम हो । पाहुनाले कोठा रोज्दा उसले प्रसिद्ध पर्वतारोही एडमण्ड हिलारी, पासाङ ल्यामु शर्ेपा, तेन्जिङ नोर्गे, बाबुछिरीङ, फूटबल खेलाडी पेले र म्यारोडोना, क्रिकेटर सुनिल गावस्कर र विभ रिचर्डस, पौडीवाज मार्क स्पिज, जिम्न्यास्टक नाडिमा कोभेन्थी जस्ता कुनै नामका कोठा पाउँछन्" होटलका सञ्चालक डमबहादुर गर्बुजाले बताउनुभयो ।

भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन गर्बुजाले ८० लाख रुपैयाँ खर्च गरेर खोलेको यो होटलमा ग्राहक आकषर्ीत गर्न नयाँ जुक्तिको रुपमा कोठामा नम्बरको सट्टा प्रसिद्ध व्यक्तिहरूका नाम प्रयोग गरेका हुन् । घारेपानीका अन्य होटलमा कुनै कोठामा लब्ध प्रतिष्ठित व्यक्ति बासेमा सो कोठालाई सोही व्यक्तिका नामबाट नामाकरण गर्ने गरिएको होटल ब्यवसायी टेक वुद्धुजाले बताउनुभयो । खेलाडी, नायक नायीका, कुतनितिज्ञ, नेता आदीका नामका कोठा पनि घाडेपानीमा पाईन्छ ।

सन्नी होटल घोरेपानीकै सबैभन्दा ठुलो र सुविधा सम्पन्न होटल हो । होटलको हरेक कोठाको ढोकामा विश्वप्रसिद्ध व्यक्तिको नाम, सम्बन्धित क्षेत्र र उसको तस्वीर समेत राखिएको छ । काठैकाठबाट बनेको सो होटलका प्रत्येक कोठाबाट हिमाल हर्ेन सकिन्छ । शहर बजारका राम्रा होटलमा पाईने सबैजसो सुविधा यहाँ उपलब्ध छन् । पाहुनाहरूलाई फर्ुसदको समय उपलब्धीमूलक बनाउन पुस्तकालयको समेत व्यवस्था छ ।

कोठामा विभिन्न देशका विश्वविख्यात व्यक्तिहरूको नाम उल्लेख गरेपछि कतिपय ग्राहकलाई खिन्न बनाएको अनुभव पनि छ होटल सञ्चालक गर्बुजा दम्पतीलाई । "प्राकृतिक सौर्न्दर्यमा रम्न घोरेपानी पुगेर सन्नी होटलमा बासवस्ने पाहुनाहरू यस्तो देखेपछि पाएसम्म आफ्नै देशका ख्यात्रि्राप्त व्यक्तिका नामको कोठा रुचाउँछन् नपाए खिन्न हुन्छन्" होटल सञ्चालक गर्बुजाले भन्ेभयो -"हरेक दिन चाँडो आउने पाहुनाले मन परेका कोठा लिएपछि बाँकी रहेका कोठामा कोही बस्न रुचाउँदैनन् ।"

केही गर्ने उत्साह र उमङ्ग लिएर मातृभुमि र्फकेका डमबहादुरले आफ्नै लगानीमा होटल खोलेका हुन् । होटल व्यवसायमा मात्र होईन सामाजिक सेवामा पनि उनी उक्तिकै सक्रिय छन् । कुनै पर्यटक बिरामी भएभने औषधोपचारका लागि तत्कालै होलिकप्टर झिकाएर उनिहरूको उद्धार गर्नपरेपनि स्थानीयवासीहरू गर्वुजालाईनै सम्झन्छन् ।

म्याग्दीको खिबाङमा जन्मिएका डमबहादुर आठ कक्षा पास गरेपछि भारतीय सेनामा भर्ती भएका थिए । झोलाभरी पदक बोकेर स्वदेश फकिएका डमबहादुरको मनमा देशका लागि केही गरेर देखाउने इच्छा छ । गर्बुजा भन्नुहुन्छ्-"पर्यटक मात्र बढे पनि यो मुलुकको विकास भईहाल्छ, अरु कसैले केही गर्नै पर्दैन ।"

No comments: