Sunday, May 09, 2010

५ वषिर्या बालीका बलात्कृत

मुस्ताङमा ५ वषिर्या बालीका बलात्कृत  भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मार्फा गाविसको स्याङमा ५३ वषिर्या व्यक्तीद्धारा बालीका बलत्कृत भएकी हुन् । बालीका बलत्कार गर्ने व्यक्तीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

अभिभावकको किटानी जाहेरीको आधारमा आरोपी पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक रामकुमार थापाले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परिक्षण गराउँदा बालीका बलत्कृत भएको पुष्टी भएको हो ।

मुस्ताङ भन्दा बाहीरी जिल्ला घर भएकी बालीकाका अभिभावक मजदुरी मुस्ताङमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् ।

त्यसैगरी हिमालपारीको जिल्ला मुस्ताङमा पहिलोपटक एच आई भि संक्रमित पहिचान भएका छन् । जिल्ला जनस्वाथ्य कार्यालय, मुस्ताङका अनुसार जिल्लामा पहिलोपटक एचआईभि पोजेटिभ संक्रमितको पहिचान भएको हो ।

सामाजिक सुरक्षाका कारण एचआईभि पोजेटिभ भेटीएका ति पुरुषको पहिचान र्सार्वजनीक नगरिएको सो कार्यालयले जनाएको छ । यसैहप्ता रगत परिक्षण गराएका ती व्यक्तीलाई पोजेटीभ भएको पाईएपछि पोखरा पर्ठाईएको बताइको छ ।

चेतनाको अभाव र सामाजिक सुरक्षाका कारण रगत परिक्षण नगराउँदा हालसम्म संक्रमित पहिचान गर्न समस्या परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

No comments: