आमहडतालका कारण तेस्रो दिन मंगलबार पनि म्याग्दी, बागलुङ र पर्वतमा पसल, ब्यापार ब्यवसाय, शैक्षिक संस्था, यातायात लगायत क्षेत्र ठप्प बनेको छ ।
शान्ति र संविधानका लागि वर्तमान सरकारले राजिनामा दिई आफ्नो नेतृत्वको राष्ट्रिय सरकारको माग गर्दै एकिकृत नेकपा माओवादीले आव्हान गरेको अनिश्चितकालीन देशब्यापी आमहडतालका कारण जनजिवन प्रभावित बनेको हो ।
म्याग्दी, बागलुङ, पर्वत का पसल, शैक्षिक संस्था, बित्तिय संस्था, उद्योग, होटल ब्यवसाय ठप्प्ा भएका छन् । म्याग्दी, बागलुङ र पर्वतबाट लामो तथा छोटो दुरीमा यातायातका साधन छुटेका छैनन् । बन्दकर्ताले औषधी, दूध र तरकारी पसलहरू भने सञ्चालन गर्न दिएका छन् । एम्बुलेसन्स लगायत आकस्मीक यातायात सेवामा पनि अवरोध भएको छैन् ।
यसैबिच आमहडताल सफल पार्न सदरमुकाम केन्द्रित वाईसीएल कार्यकर्ताहरूले बेनीमा सरसफाई अभियान सञ्चालन गरेका छन् । मंगलबार बिहान संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल म्याग्दीका अध्यक्ष रेशम जुक्जालीको नेतृत्वमा बेनीको बिरेन्द्रचोक सरसफाई गरेका छन् । प्रत्येक दिन एउटा टोल सरसफाई गरिने वाईसीएल जिल्ला सदस्यर् इन्द्र मगरले बताउनुभयो ।
एकीकृत नेकपा माओदीले आव्हान गरेको अनिश्चितकालिन आम हड्तालको मंगलबार तेस्रो दिन बागलुङमा पर्ुण्ारुपमा प्रभाव परेको छ ।
माओवादी आम हड्तालका कारण यहाँका उद्योग कलकारखाना, शैक्षिक संघ सस्था, बजार, यातायात पर्ुण्ा रुपमा बन्द रहेका छन । बागलुङमा पनि माओवादी कार्यकताहरुले चोक चोकमा सरकार बिरोधी चर्का नाराबाजी गर्दै पर््रदशन गरिरहेका छन ।
उता हिमालापारीको जिल्ला मुस्ताङ्गमा भने आईतवार बन्द रहे पनि सोमबार देखि सवै शैक्षिक संस्था तथा यातायात सेवा सुचारु भएको छ ।
माओवादी र र्सवसाधारणहरु विच सोमबार भएको छलफल पछि मुस्ताङमा बन्द नगर्ने सहमती भएको हो । पर्यटन ब्यवसायलाई प्रभावित हुन नदिन स्थानीयबासीले आमहडतालको बिरोध गरेका थिए । पर्यटकीय मौसम भएकाले पनि पर्यटकलाई दुख नहोस भनेर स्थानीयबासीको अनुरोधमा पर्यटन ब्यवसायलाई प्रभावित नबनाईएको एकिकृत नेकपा माओवादी मुस्ताङले जनाएको छ ।
सभा र र्याली लगायत आन्दोलनका कार्यक्रम गरेपनि बन्द नगराउने सहमती भएको हो । मुस्ताङ सहकर्मी पर््रर्जु गुरूङका अनुसार मुस्ताङ्ग जिल्ला भित्र सवारी समेत सञ्चालन गर्ने सहमती भएको छ र जिल्ला भरका विद्यालयमा पठनपाठन सुचारु भएको छ ।
र् पर्यटकीय जिल्ला मुस्ताङ्गलाई कुनै पनि राजनैतिक स्वार्थको लागि बन्द गर्न नहुने स्थानीयबासीले माग गरेका छन् । र्सवपक्षिय छलफलमा मुस्ताङलाई बन्द मुक्त र शान्ति क्षेत्र बनाउने विषयमा पनि छलफल भएको थियो ।
२०६७ बैशाख २१ गते बिहान ८ बजे सन्तोष गौतम, सन्तोष थापा, रामकृष्ण बोहोरा, पर्रर्जु गुरूङ
No comments:
Post a Comment