बिहीबार हुने भनिएको जिल्ला विकास समिति मुस्ताङको जिल्ला परिषद् अनिश्चितकालका लागि स्थगित भएको छ ।
असहज राजनितिक परिस्थितीका कारण जिल्ला परिषद स्थागित गरिएको स्थानीय विकास अधिकारी मणीकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
"सबै तयारी अन्तिम चरणमा पुगेको थियो" स्थानीय विकास अधिकारी ज्ञवालीले भन्नुभयो "देशको असहज राजनितिक परिस्थितीका कारण परिषद् स्थगित गर्नुपरेको हो ।"
गाविस र्रर् इलाका परिषदबाट पारित भएर माग गरिएका योजनाहरू एकिकृत योजना तर्जुमा गोष्ठि गरि परिषद्मा छलफलका लागि तयार पारिसकीयको थियो ।
देशब्यापी आन्दोलन गरिरहेको एकिकृत नेकपा माओवादीले सहभागी नहुने जनाएपछि परिषद् स्थगित भएको हो । परिषद्का लागि जिविसले योजना छनौट गर्ने र पत्राचार गर्ने लगायतका तयारी पुरा गरेको थियो ।
२०६७ बैशाख २० गते दिउँसो ४ बजे
No comments:
Post a Comment