Tuesday, May 04, 2010

छङछङे गुफा ओझेलमा

प्रशस्त पर्यटकीय संम्भावना भएर पनि भौतिक पर्ुवाधार र प्रचार प्रसारको अभावमा नारच्याङ गाविस को लेकगाउँ स्थित छङछङे गुफा ओझेलमा परेको छ ।

ब्यवस्थित पदमार्ग र प्रचार प्रसारको कमिका कारण ओझेलमा परेको आकर्ष गुफाको संरक्षण समेत हुन सकेको छैन् । २ सय मिटर लामो गुफामा जनावर, पंक्षी, हातहतीयार, हिमश्रृङ्खला, पहाड, तालतलैया, देविदेवताका मर्ुर्ती, घर आदीका आकृतीहरू अवलोकन गर्न सकिन्छ । गुफाभित्र पानी बगेको आवाज सुन्न्ा सकीन्छ ।

पहाडको फेदीमा अवस्थीत गुफाको अगाडीको भाग ५० मिटर अग्लो भएपनि भित्री भाग १० मिटर सम्मको हाराहारीमा फैलीएको छ ।  २ वर्षघि स्थानीयबासीले फेला पार्नुभएको गुफाको बारेमा जिल्ला भित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको स्थानीय अगुवा टेकबहादुर पुनले जानकारी दिनुभयो ।

गुफाको आकर्षाका बारेमा प्रचार प्रचार हुन नसकेको स्थानीयबासीले बताएका छन् । स्थानीयबासीका अनुसार स्थानीय र छिमेकी गाविसका विद्यालयहरूबाट कहिँले काही शिक्षक र विद्यार्थीहरू गुफाको अवलोकन गर्न आउँछन् ।

 'गुफाको बारेमा धरैलाई जानकारीनै छैन्' पुनले भन्नुभयो 'पर्ुवाधार निर्माण गरि प्रचार प्रसार गर्ने हो भने यो गुफा जिल्लाको नयाँ पर्यटकीय गन्तब्य बन्न सक्छ ।' एउटै गुफाभित्र रहेका धेरै आकर्ष कला कृतीहरूले कठिन पैदलयात्रा गरेर त्यहाँ पुग्दाको नरमाईलो क्षण बिर्सर्ाा । 

२०६७ बैशाख २० गते दिउँसो १२.ं१५ बजे                                               सन्तोष गौतम

No comments: