Saturday, May 01, 2010
मुस्ताङको सदरमुकाम मा जण्डीसको प्रकोप
मुस्ताङको सदरमुकाम जोमसोममा एक महिनादेखि फैलिएको जण्डिस रोगको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन् ।
जिल्ला अस्पताल मुस्ताङका प्रमुख डाक्टर भोजराज गौतमका अनुसार जोमसोमको वडा नम्बर १, २ र ३ नम्बरमा जण्डीसबाट दर्ुइ सय जना भन्दा बढी बिरामी परेका छन् ।
जिल्ला जन स्वास्थ्य अधिकृत हरिहर शर्मा, महामारी रोग नियन्त्रण शाखाका तुलसी भट्ट लगायत अन्य स्वास्थ्यकर्मीहरू सहभागी औषधी सहितको टोलीले बिरामीको घर घरमै उपचार गरीरहेको प्रमुख डाक्टर गौतमले बताउनुभयो ।
स्थानीय स्वास्थ्यकर्मीहरूले रोग नियन्त्रण गर्न नसकेपछि जिल्ला अस्पतालबाट टोली परिचालन गरिएको हो । जण्डिसबाट बढी मात्रामा बालबालीका प्रभावीत भएका छन् । सरुवा रोग भएकाले र्सतक रहन चिकित्सकले स्थानीयबासीलाई आग्रह गरेका छन् ।
एकैदिन परिक्षण गरिएका १ सय जना मध्ये ११ जनामा जण्डिज भेटीएको जिल्ला अस्पतालले जनाएको छ । अन्य क्षेत्रमा रोग फैलीन नदिन जिल्लाका सबै गाविसमा सचेतना अभियान सञ्चालन गरिएको डाक्टर गौतमले बताउनुभयो ।
२०६७ बैशाख 17 गते नागरिक दैनिक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment