शनिबार १२१ औ विश्व मजदुर दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरि मनाईदै छ । मजदुर दिवसको अवसरमा नेपालका विभिन्न ठाउँमा मजदुर संघ संगठनहरूले र्याली, पर््रदशन गर्दै शुभकामना आदानप्रदान गरेका छन् । यसैबिच धौलागिरि अञ्चलका मजदुर संघ संगठनहरूले पनि शनिबार मे दिवस मनाईरहेका छन् ।
मे दिवसको तथा पहिलो जिल्ला भेलाको अवसरमा म्याग्दी यातायात मजदुर युनीयनले बिहान र्यालीको आयोजना गरेको थियो । र्यालीमा सहभागी मजदुरहरूले ब्यवसायीक सुरक्षाको माग गरेका थिए ।
भेलाले गोपाल के.सी-मोहन)को अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा जानबहादुर के.सी, उपाध्यक्षमा सुपक शाही, सचिवमा प्रवीण शाही, सहसचिवमा कृष्ण तामाङ, कोषाध्यक्षमा भिमसेन के.सी र सहकोषाध्यक्षमा लालबहादुर थापा रहनुभएको छ ।
समितिका अन्य सदस्यहरूमा खड्क के.सी, गोपाल खोरजा, नन्दकुमार पुन, टिकाराम आचार्य, किसान जि.सी, रविन थापा मगर, शंकर शर्मा, पुरण शाही, देवेन्द्र पौडेल, खुमबहादुर खड्का रहनुभएको छ । त्यसैगरी समितिका सल्लाहकारमा सुरत केसी, सुमन श्रेष्ठ र बिनोद केसी चयन हुनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य तथा अञ्चल प्रतिनिधी सुरत के.सीले यातायात मजदुरहरूले सामाजिक दायीत्वलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी म्याग्दी जिप तथा बस ब्यवसायी समितिका अध्यक्ष गोपाल भट्टचनले यातायात मजदुरहरूले यात्रुलाई गर्ने ब्यवहार सुधार गर्दै आफ्नो जिम्मेवारी पुरा गर्न सुझाव दिनुभयो ।
मोहन केसीको अध्यक्षता, प्रविण शाहीको सञ्चालन र भिमसेन के.सीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा म्याग्दी ट्याक्सी ब्यवसायी समितिका अध्यक्ष बिनोद केसीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
म्याग्दीका विभिन्न मजदुर संगठनहरूले विभिन्न कार्यक्रमको आयोजना गरि शनिबार १२१ औ मे दिवस मनाएका छन् । एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुरहरूले बेनीमा छुट्टाछुटै कार्यक्रमको आयोजना गरि मे दिवस मनाएका हुन् ।ी नेकपा एमाले निकट नेपाल टे्रड युनियन महासंघ जिफन्टले पनि मे दिवसको अवसरमा बेनीमा र्यालीको आयोजना गरेको थियो । र्यालीपछि मगर संघको हलमा आयोजित कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, जिफन्ट धौलागिरि गण्डकी अञ्चल पर्ुव संयोजक अशोक लामा, निजि विद्यालय शिक्षक युनियनका जिल्ला अध्यक्ष शान्ता नेपाली, क्युपेक नेपालका जिल्ला सचिव रमेश र्राई, म्याग्दी बहुमुखी क्याम्पसका स्ववीयु उपसभापति पर्ूण्ाबहादुर खत्री र उत्पीडित जातिय मुक्ति समाज म्याग्दीका सदस्य रुद्र किसान लगायतले मन्तव्य ब्यक्त गनुभएको थियो ।
जिफन्टका जिल्ला अध्यक्ष पर्ूण्ाबहादुर खत्रीको सभापतित्व,सचिब गोपाल रीजालको स्वागत मन्तव्य र क्युपेक नेपालका जिल्ला सहसचिव राजकुमार र्राईको सञ्चालनमा सम्पन्न कार्यक्रमका सहभागीहरूले नयाँ संविधानमा मजदुरहरूको हकहितको रक्षा हुनुपर्नेमा जोड दिँदै सरकार परिवर्तन भन्दा पनि संविधान निर्माणमा ध्यान दिन सुझाव दिनुभयका थियोे ।
No comments:
Post a Comment