युवा संघ नेपाल नगर कमिटि बेनीको भेलाले शनिबार नारायण कुमार बरालको अध्यक्षतामा २२ सदस्यीय नगर कमिटि गठन गरेको छ ।
समितिको उपाध्यक्षमा गोपाल पुन, सचिवमा कुशल श्रेष्ठ, सहसचिवमा मानबहादुर कार्की, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ र सदस्यहरूमा भिम छन्त्याल, राजिन पुन, रमेश श्रेष्ठ, सुवास केसी लगायत रहनुभएको छ ।
त्यसैगरी अन्य सदस्यहरूमा अभिषेक गीरी, दर्ुगाबहादुर बुढामगर, प्रविण विश्वास, दर्ुगा भण्डारी, भुवन आचार्य, विनोद श्रेष्ठ, अनिस भण्डारी, रत्न थापा, गजेन्द्रबहादुर के.सी, गणेश जि.सी, महेन्द्र भट्टचन, मनोहर श्रेष्ठ र राजकुमार पुन रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य बालकृष्ण सुवेदीले संघको बिधान र निति नियमका बारेमा प्रशिक्षण दिनुभएको थियो । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वाभिमानी र देशप्रेमी युवाहरूलाई ब्रि्रोहमा मात्र नभइ समाज बिकासका लागि सृजनशिल काममा लगाउनुपर्ने बताउनु भयको थियो ।
सो कार्यक्रममा संघका केन्द्रिय सदश्य सन्तोष रावल, नेकपा एमाले बजार पार्टर्ीीक्रिय दलका अध्यक्ष प्रमोक कुमार श्रेष्ठ, युथ फोर्स म्याग्दीका अध्यक्ष हिक्मत श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
युवा संघ म्याग्दीका अध्यक्ष कृष्ण विकको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब दिनेश कार्कीले गर्नुभएको थियो ।
२०६७ बैशाख १८ गते दिउँसो १२.१५ बजे नरेश श्रेष्ठ
No comments:
Post a Comment