Sunday, May 02, 2010

नयाँ माहुरीघारको विकास

म्याग्दीको हिस्तान गाविस ९ दोसल्लेका कृषकहरूले सुधारीएको माहुरीघारको विकास गरेका छन् ।

    परम्परागत मुडेघारमा माहुरीपालन गर्दै आएका त्यहाँका कृषकहरूले नयाँ घारको विकास गरेका हुन् । स्थानीय प्रविधिको प्रयोग गरि निर्माण गरिएको काठको घार विकास भएपछि स्थानीयबासीले सोही घारको प्रयोग गर्न थालेका छन् ।

    नयाँ घारको विकास भएपछि मह उत्पादनमा दोब्बर वृद्धी भएको कृषक हर्कदेउ गर्वुजाले बताउनुभयो । पुरानो घारमा भन्दा सुधारीएको घारमा माहुरीपालन गर्न पनि सजिलो भएको कृषकहरूले बताएका छन् ।

    त्यहाँका कृषकले काठ प्वाल पारेर निर्माण गरीएको घारमा माहुरीपालन गर्दै आएका थिए । उनीहरूले स्थानीय प्रविधीबाट फल्याक जोडेर घार निर्माण गरि माहुरीपालन गर्न थालेका हुन् । मुडे घारमा ३ लिटर मह उत्पादन गर्ने गरेकोमा सुधारीएको घारमा माहुरीपालन गर्न थालेपछि ६ लिटर उत्पादन भएको कृषक गर्बुजाले बताउनुभयो ।

    स्थानीय मिलन गर्बुजाले गत वर्षपहिलोपटक निर्माण गर्नुभएको सुधारीएको घार हाल अन्य कृषकले पनि प्रयोग गर्ने गरेका छन् । दोसल्लेका अधिकांश घरमा माहुरीपालन गरिएको छ । एउटा घरमा २ वटादेखि १० घारसम्म माहुरीपालन गरिएको छ ।

    सुधारीएको घारमा माहुरीलाई आहरा दिन पनि सजिलो भएको कृषकहरूले बताएका छन् । कृषकहरूका अनुसार सुधारीएको घारबाट मह निकाल्न पनि सजिलो भएको छ । आधुनीक जस्तो बढी लगानी पनि गर्न नपर्ने र बढी फाईदा लिन सकिने भएपछि कृषक यसतर्फआकषर्ीत भएका हुन् ।

    जिल्लामै पहिलोपटक प्रयोगमा ल्याइएको सुधारीएको घार ब्यवसायीक माहुरीपालनका लागि उपलब्धीमुलक हुने भएकाले केही सुधार गरेर विस्तार गरिने जिल्ला कृषी विकास कार्यालयका बरिष्ठ कृषी विकास अधिकृत महेशचन्द्र आचार्यले बताउनुभयो ।

२०६७ बैशाख १८ गते बेलुकी ७ बजे                                                     सन्तोष गौतम

No comments: