म्याग्दीको दानाका बासिन्दाहरू गाउँलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउन जुटेका छन् । घरघरमा चर्पी निर्माण गरेर स्थानीयबासीहरू गाउँलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउन जुटेको दानाबाट गोविन्द बरुवालले जनाउनुभएको छ ।
अधिकांश घरमा पक्की र कच्ची चर्पी निर्माण भएको दानालाई पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको पहलमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी पनि भएको छ ।
दानाका ६० प्रतिशत घरमा चर्पी निर्माण भइसकेको परियोजनाका सहजकर्ता गोविन्द पौडेलले जानकारी दिनुभयो । सहजकर्ता पौडेलका अनुसार गाउँको प्रत्येक टोल टोलमा खानेपानी तथा सरसफाई समिति गठन भएको छ । समितिका पदाधीकारी सरसफाई र चर्पी निर्माण कार्यमा सक्रिय बनेका छन् ।
सो गाउँका बासिन्दालाई परियोजनाले पर्ूण्ा आनीवानी परिवर्तन सम्बन्धि प्रशिक्षण दिएको थियो । प्रशिक्षणपछि स्थानीयबासीले बिषेश चासो दिन थालेका छन् । उनीहरूले खुल्ला ठाउँमा दिसापिसाव गर्न पनि छाडेका छन् । खुल्ला ठाउँको साटो चर्पीको प्रयोग गर्न थालेका हुन् ।
सबै घरमा चर्पि निर्माण भई खानेपानीको सुविधा पुगेपछि जेठ १५ गतेभित्र दानालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने परियोजनाका प्रशिक्षक पौडेलले जानकारी दिनुभयो ।
२०६७ बैशाख १८ गते दिउँसो ४ बजे suraj kc
No comments:
Post a Comment