म्याग्दीको नारच्याङ गाविस ८ गाडपारमा घरभित्रै बाढी पसेपछि पुरै वस्तीका बासिन्दा बिचल्लीमा परेका छन् ।
असिनापानीपछि आएको बाढी घरभित्रै पसेपछि नारच्याङ ८ गाडपारका २० घरपरिवार बिचल्लीमा परेका हुन् । भिषण वषर्ापछि वस्ती माथिबाट आएको बाढी घरभित्र पसेको थियो । बाढीले घरमा क्षत्ती पुर्याउनुका साथै केही पशु मरेका छन ।
स्थानीय र्सवजीत बुढाथोकी घरभित्र बाढी पसेपछि घरबार बिहीन बनेका छन भने अन्य घरपरिवार पनि विस्थापीत भएका छन् । कर्ण्र्ााादुर तिलीजा, सुनबहादुर तिलीजा, तमबहादुर रोक, तेजबहादुर सिन्तीजा, पर्ूण्ाबहादुर रोका, जयबहादुर चोचाङ्गी लगायतकाको संयौ रोपनी खेतीयोग्य जमिनमा क्षत्ती पुगेको छ ।
मनबहादुर सिन्तजाको खेतबारी सहित एक हल गोरु र एक वटा गाई बगाएर छ । मेखबहादुर गर्वुजाको एक वटा दुहुना भैसी र राँगो भलबारीले पुरेको छ । शनिबार बेलुकी गाउँमा भल पसेपछि त्यहाँका १८ घरपरिवार नारच्याङ ९ थाँसरामा गई रात बिताएका थिए । स्थानीयबासीहरू बाढी आउने डरले क्रसीत बनेका स्थानीय गोविन बुढाथोकीले बताउनुभयो ।
बाढीले गाडपारमा वितरण गरिएको खानेपानीको पाईपमा पनि क्षत्ती पुगेको छ । पाईप बाढीले अलपत्र पारेपछि स्थानीयबासीलार्य खानेपानीको समस्या भएको छ । असिनापानीले सो क्षेत्रमा पर्ने दाना र नारच्याङमा गरिएको अन्नबाली र तरकारी खेती नष्ट पारेपछि कृषकहरू चिन्तित भएका छन् । दोहोरो खन्ने अवस्थाको मकै असिनाले पिटेर र बाढीले पुरेर नष्ट भएको छ ।
No comments:
Post a Comment