Sunday, May 02, 2010

जंगली साग खोज्न गएका गर्बुजा वेपत्ता

    म्याग्दीको नारच्याङमा लेकाली साग खोज्न गएका एक जना बेपत्ता भएका छन् ।

    नारच्याङ ८ गाडपारका अन्दाजी ३५ वषिर्य जगतबहादुर गर्बुजा शनिबारदेखि वेपत्ता भएका स्थानीयबासी गोविन्द बरुवालले जानकारी दिनुभयो ।

    शनिबार बिहान छीमेकीहरूसंगै लेकाली साग खोज्न जंगल गएका साथीहरू घर फर्कीएपनि गर्बुजाको अवस्था आईतबारसम्म पनि बेखवर छ ।

    गर्वुजासंगै जंगल गएका साथिहरू शनिबार दिउँसो ठूलो असिनापानी भएपछि घर फर्किएका थिए ।  स्थानीयबासीहरूले वेपत्ता गर्वुजाको खोजी गरिरहेका पारीवारीक स्रोतले जनाएको छ ।
                                             म्याग्दी वैशाख १९  gate                  सुरत केसी 

No comments: