Saturday, May 01, 2010
प्राबिधिक र कृषकहरूबीच अर्न्तक्रीया
ब्यवसायीक फलफूल खेती सुरु गर्ने तयारी गरेका हिस्तान ९ दोसल्लेका कृषक र कृषी प्राविधिकहरूबीच शुक्रबार छलफल कार्यक्रम सम्पन्न भएको छ ।
दोसल्ले ब्यवसायीक सुन्तलाजात फलफूल कृषक समुह को आयोजनामा सुन्तलाजात फलफूल खेतीको सम्भावना र चुनौतीका विषयमा छलफल भएको हो । दोसल्लेबासीले पुरै गाउँमा अन्नबालीखेती छाडेर ब्यवसायीक सुन्तला खेती गर्ने तयारी गरेका हुन् ।
छलफल कार्यक्रममा बोल्दै जिल्ला कृषी विकास कार्यालयका बरिष्ठ कृषी विकास अधिकृत महेशचन्द्र आचार्यले सो क्षेत्र सुन्तलाखेतीका लागि उपयुक्त वातावरण भएको बताउँदै सडक सुविधा पनि भएकाले बजारको संम्भावना पनि उत्तिकै भएकाले कृषकहरूले मेहनत र लगाव दिएर सुन्तलाखेती गर्न अनुरोध गर्नुभयो ।
त्यसैगरी बागबानी विकास अधिकृत वेदप्रकाश पौडेलले सो क्षेत्रमा ब्यवसायीक सुन्तलाखेती भएपछि विभिन्न सुविधा उपलब्ध गराउँदै सुन्तला पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनु भएको छ ।
विदेश जाने ६वर्षलामो प्रयास असफल भएपछि गाउँ फर्किएका मिलन गर्बुजाको अगुवाईमा दोसल्लेका ४४ घरपरिवारले ब्यवसायीक सुन्तलाखेती गर्न लागेका हुन् । छलफल कार्यक्रम समुहका अध्यक्ष गर्बुजाको सभापतित्व र स्थानीय शिक्षक ओमबहादुर पाईजाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच कृषी प्राविधिकहरूले सो ठाउँका कृषकले स्थलगत रुपमै सुन्तलाखेती गर्ने तरीकाका विषयमा जानकारी गराउनुभएको थियो ।
२०६७ बैशाख १७ गते सन्तोष गौतम
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment