Tuesday, May 04, 2010

बन्दले मुस्ताङ्गलाई छुन हुदैन

हिमालापारीको जिल्ला मुस्ताङ्गमा भने आईतवार बन्द रहे पनि सोमबार देखि सवै शैक्षिक संस्था तथा यातायात सेवा सुचारु भएको छ ।

     आईतवार विहान जनहित उच्च माबिमा ताला लागाएर माओवादी कार्यकर्ताले विद्यालय बन्द गराएकोमा सोमबार देखि भने सञ्चालनमा आएको छ । माओवादी र र्सवसाधारणहरु विच सोमबार विहान भएको छलफल पछि माओवादी आफैले विद्यालयमा लगाएको ताला खोलीदिएकेा शिक्षक युनियन मुस्ताङ्गकी अध्यक्ष र्सर्मीला गुरुङले बताउनु भयको छ । उहाका अनुसार मुस्ताङ्ग जिल्ला भित्र सवारी समेत सञ्चालन गर्ने सहमती भएको छ र जिल्ला भरका विद्यालयमा पठनपाठन सुचारु भएको छ ।

    मुस्ताङ्ग जिल्लालाई कुनै पनि राजनैतिक स्वार्थको लागि बन्द गर्न नहुने भन्दै स्थानीयबासीले विरोध गरेपछि माओवादीमुस्ताङ्गले बन्दको कार्यक्रमस्थगीत गरेको जनाएको छ । भविष्य निर्माणको लागि विद्यालय जाँदै गरेका विद्यार्थीहरुको पढ्ने अधिकार हनन हुने गरि विद्यालय बन्द गर्न नहुने अभिभावकहरुले आवाज उठाएका थिय ।

       छलफल पर्ुव मुस्ताङ्गलाई बन्द रहित  शान्ति क्षेत्र बनाउनु पर्ने र दलिय स्वार्थको लागि शैक्षिक संस्थाहरु बन्द गर्न नपाइने भन्दै जिल्लाका पार्टि प्रतिनिधि, शिक्षक, प्रशासन, नागरिक समाज, अभिभावक, महिला समुह, युवा वर्ग सडकमा उत्रेका थिय ।

 प्रजु गुरुङ्ग जोमसेाम  २०६७ बैशाख २० गते दिउँसो ४

No comments: