म्याग्दीको पाखापानी स्थित स्टार स्पोर्टस युवा क्लवको आयोजनामा खेलकुद मेला सम्पन्न भएको छ ।
मेलामा बास्केटबल, भलिवल र फुटवल खेल आयोजना गरिएको थियो । १८ समुह सहभागी बास्केटबल प्रतियोगितामा सनर्राईज युवा क्वल कोटगाउँको एक समुह पहिलो र आयोजक समुह दोस्रो भएको छ । पहिलो र दोस्रो हुनेले १५ र ९ हजार रुपैया नगद पुरस्कार जितेका आयोजक क्लवका सचिव ओमकुमार शेरपुजाले जानकारी दिनुभयो ।
त्यसैगरी ८ समुह सहभागी फुटबल खेलमा बुटवल सुप्पौलीको समुह पहिलो भई १२ हजार र अमर मावि पाखापानीको बी समुह दोस्रो भई ८ हजार रुपैया जितेका छन् । त्यसैगरी ८ समुह सहभागि भलिबल प्रतियोगितामा राखुभगवतीको बी समुह पहिलो भई २० हजार र मनी बराही युवा क्लव दोवा दोस्रो भई १२ हजार रुपैया पुरस्कार जितेका छन् ।
त्यसैगरी ८ समुह सहभागि महिला भलिवल खेलमा दग्नामको ए र बि समुह क्रमश पहिलो र दोस्रो भई ८ र ५ हजार रुपैया नगद पुरस्कार जितेका छन् ।
२०६७ बैशाख १९ गते दिउँसो १२.१५ बजे
No comments:
Post a Comment