Saturday, May 01, 2010
खानेपानी योजनाबाट ३६ घरपरिवार लाभान्वित
हिस्तान गाविस ९ दोसल्लेमा खानेपानी योजना सञ्चालनमा आएपछि ३६ घरपरिवार लाभान्वित भएका छन् ।
बिट्रीस गोर्खाज वेयलफेयरको आर्थिक सहयोग र स्थानीय बासीको जनश्रमदानमा योजना निर्माण भएको हो । योजनाबाट गाउँका ३६ वटा घरमा धारा जडान गरिएको निर्माण समितिका अध्यक्ष मनबिर पुनले जानकारी दिनुभयो ।
उपभोक्ता समितिका अनुसार बिट्रीस गोर्खाज वेयल फेयर र स्थानीयबासीको जनश्रमदान गरि कुल १७ लाख रुपैया आर्थिक सहयोगमा योजना निर्माण भएको हो ।
गाउँका सबै ३६ वटा घरका २४ सै घण्टा खानेपानी सुविधा पुगको छ । सवै धाराहरूमा फिल्टर जडान गरिएको छ । २४ सै घण्टा खानेपानी सुविधा भएपछि स्थानीयबासी उत्साहीत भएका छन् ।
घरमै पानीको सुविधा भएपछि गाउँको सरसफाईमा परिवर्तन आउनुका साथै पानी लिन कुवा र धारामा जाने समय बचत गरेर दोसल्लेबासीले पशुपालन तथा अन्य घरायसी काम गर्न पाएका छन् ।
२०६७ बैशाख १७ गाते सन्तोष गौतम
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment