Sunday, May 02, 2010

विद्यालय बन्द, सवारी पनि बन्द कर्मचारीलाई चन्दा दिन धम्की

एकिकृत नेकपा माओवादीले आव्हान गरेको अनिश्चितकालीन देशब्यापी आमहडतालका कारण म्याग्दीका पसल, शैक्षिक संस्था, बित्तिय संस्था, उद्योग, होटल ब्यवसाय लगायतका क्षेत्रमा बन्दको प्रभाव परेको छ ।

    जिल्ल्ाादेखि लामो तथा छोटो दुरीमा यातायातका साधन छुटेका छैनन् । सडकमा पैदलयात्रीहरू छिटपुट यात्रा गरिरहेका भेटिन्छन् । एम्बुलेसन्स जस्ता आकस्मीक यातायात सेवामा भने अवरोध नहुने माओवादीले जनाएको छ । औषधी, दूध र तरकारी पसलहरू पनि खुलेका छन् । माओवादीका अनुसार किनमेलका लागि हडताल अवधिभर बेलुकी ६ देखि ८ बजेसम्म बजार खुल्ला रहनेछ ।

     र्सवसाधारणहरू एक आपसका भेला भएर देशको राजनितिक परिस्थीतिको विषयमा छलफल गरिरहेका छन् । बन्दका कारण फर्ुसदीला बनेका कर्मचारी, ब्यापारी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू सञ्चार माध्यमले प्रत्यक्ष प्रशारण गरेका समाचार हेरेर र सुनेर विश्लेषण गरिरहेका छन् ।

    सदरमुकाम बेनी स्थित सरकारी कार्यालयहरू १० बजे खुलेपनि सेवाग्राहीको उपस्थिती थिएन् ।  कार्यालय पुगेका कर्मचारीहरू फर्ुसदीला भएका छन् ।

    शान्ति र संविधानको मुद्दा उठाउँदै आव्हान गरिएको आम राजनितिक हडतालका कारण उच्च माध्यमीक शिक्षा परिषद्द्धारा सञ्चालीत कक्षा १२ को आईतबारको परिक्षा म्याग्दीमा पनि स्थगीत भएको छ ।

    बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस र प्रकाश उच्च मावि केन्द्रको परिक्षा स्थगीत भएको हो । हडताल कर्ताको दवावका कारण परिक्षा स्थगित गरीएको परिक्षा केन्द्रहरूले जनाएका छन् । तयारी सहित परिक्षा केन्द्र पुगेका विद्यार्थीहरू निराश हुँदै फर्कीएका थिए ।

त्यसैगरी आईतवार देखि एकीकृत नेकपा माओवादीले आयोजना गरेको आमहड्तालको प्रभाब मुस्ताङ्ग जिल्लामा पनि  रुपमा परेको छ ।

मुस्ताङ्ग सदरमुकाम जोमसोम बाट सञ्चालन हुने जोमसोम बेनी सडक खण्ड पर्ूण्ा रुपमा बन्द भएको छ । साथै जोमसोम-मुक्तिनाथ चल्ने सवारी साधनहरु समेत बन्द गरिएका छन् । निजी सवारी साधनहरु बन्द गर्न भनिएता पनि चलीरहेको छ । देशका विभिन्न स्थानमा परिक्षा स्थगित भएतापनि मुस्ताङ्गमा भने कक्षा १२ को परिक्षा राम्रो सँग सम्पन्न भएको कुरा जनहित उच्चमाबि जोमसोमका सहायक केन्द्राध्यक्ष माधब भण्डारीले बताउनुभयो । २२ जना परिक्षार्थी रहेकोमा २० जना परिक्षामा सहभागी भएका थिए । क्रान्तिकारी समर्थीत २ जना विद्यार्थी भने परिक्षामा सामेल नभएको भण्डारीले बताउनु भयको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङ्गको आदेशमा प्रहरीहरुले माओवादीको भातृ संगठन वाइसीएलका कार्यकर्ताहरुलाई परिक्षा केन्द्रमा प्रवेश गर्न नदिन केन्द्रमा बाहिर बाट ताल्चा लगाई भित्र परिक्षा सञ्चालन गरिएको समेत सहायक केन्द्राध्यक्ष भण्डारीले बताए ।

सदरमुकाममा रहेका धौलागिरि आवासीय माबि र जनहित उच्च माध्यामीक बिद्यालयमा दिउसोको कक्षा भने सञ्चालन नभएको जिल्ला प्रशासन कार्यालय मुस्ताङ्गले जानकारि दिएको छ । ग्रामीण भेगमा पनि माओवादी कार्यकर्ताले विद्यालय सञ्चालनमा रोक लगाएका छन् ।

त्यसैगरी मुस्ताङ्ग जिल्लाका सरकारी कार्यालयहरुका कर्मचारीलाई एक हप्ता देखि माओवादीका कार्यकर्ताहरु चन्दादिनको लागि दवाव दिएको बुझीएको छ । एक सरकारी कार्यालयका कर्मचारीले नाम नबताउने र्सतमा आफुलाई चन्दा मागेको र उनिहरुले फोनबाट धम्की समेत दिएको बताएका छन् ।

जिल्लाका सरकारी कार्यालयहरु माओवादी कार्यकर्ताहरुले बन्द गर्न दवाव दिएको भए पनि कार्यालयहरु सुचारु भै रहेको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

No comments: