Sunday, May 02, 2010

प्राथमिक स्वास्थ्य केन्द्र भवन हस्तान्तरण

    प्राथमिक स्वास्थ्य केन्द्र दरबाङको नवनिर्मित भवन केन्द्र विकास समितिलाई हस्तान्तरण गरिएको छ ।

    निर्माण भएको एक वर्षम्म पनि भवन हस्तान्तरण हुन नसक्दा केन्द्रको सेवा प्रभावित बनेको थियो ।  सहरी आवाश तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको ९३ लाख रुपैया लगानीमा ठेक्का मार्फ भवन निर्माण गरेको हो ।

    ठेकेदारको लापरबाहीका कारण निर्माण भएको एक वर्षपछि भवन हस्तान्तरण भएको स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष दिलीप कुमार शेरचनले बताउनुभयो । निर्माण व्यवसायीले पुरा नगद नपाएको भन्दै भवन हस्तान्तरण गर्न ढिलाई गरेका थिए ।

    ११ वटा कोठा भएका दर्ुइ वटा भवन निर्माण गर्न बिनियोजन भएको रकमसम्झौता अनुसार भुक्तानी नपाएकाले समयमै हस्तान्तरण गर्न नसकेको निर्माण ब्यवसायी आनन्द बरालले बताउनुभयो ।

     भवन हस्तान्तरण हुन नसक्दा केन्द्रको मर्मतका लागि गत वर्षप्राप्त भएको ११ लाख रुपैया जिल्ला बाटै फिर्ता भएको अध्यक्ष शेरचनले बताउनुभयो । नयाँ भवनबाट गत वर्षेखिनै सेवा सुरू गरिएपनि हस्तान्तरण नभएकाले निर्माण ब्यवसायीले तालबन्दी लगाउने चेतावनी दिने गरेपछि सेवा प्रभावित बनेको थियो ।

२०६७ बैशाख १९ गते दिउँसो ४ बजे                                                सन्तोष गौतम

No comments: