Tuesday, May 04, 2010

विश्व प्रेस स्वतन्त्रता दिवस

सोमबार मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभरि नै विविध कार्यक्रमका साथ मनाइदैछ ।

दिवसको अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले पनि पत्रकारहरूलाई शुभकामना व्यक्त गरेको छ । शाखा सभापति घनश्याम ख्काले एक प्रेस विज्ञप्ती प्रकाशन गरि विभिन्न कठिनाई र अवरोधका बीच पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारहरुलाई शुभकामना प्रकट गर्नुभएको हो ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न संञ्चारकर्मीले खेलेको भूमिका महत्वपर्ूण्ा हुँदा हुँदै पनि प्रेस स्वतन्त्रता कायम हुन नसकेको प्रती दुख व्यक्त गरिएको छ । पत्रकार र सञ्चारकर्मी माथि आक्रमण गर्नेलाई कारबाही गर्नुको साटो संरक्षण दिईदा दण्डहीनताले प्रश्रय पाएको अध्यक्ष खड्काले बताउनुभयो ।
पर्ूण्ा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा नागरिकका कुनै पनि अधिकार सुरक्षित रहन सक्दैनन् । सूचनाको अधिकारमाथि आमनागरिकको पहुच पुग्ने वातावरणको निर्माण गर्न पत्रकारहरूले माग गरेका छन् । 
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरुलाई आफ्नो कर्तव्य पथमा निष्ठापर्ूवक लाग्न अझ बढी प्रेरित गरोस् भन्ने कामना गर्दै कुनै पनि पक्षको डर र धम्कीबाट विचलित नभै निर्भिकतापर्ूवक कर्तव्य निर्बाहमा जुटिरहन सम्पर्ूण्ा सञ्चारकर्मी तथा सञ्चार संस्थाहरुलाई महासंघ म्याग्दी शाखाले अपिल गरेको छ । 

२०६७ बैशाख २० गते दिउँसो

No comments: